व्याख्यात्मक घोषणा स्वीकारबिनै एमसीसी कार्यान्वयन हुँदैछ : एकीकृत समाजवादी

काठमाडौँ- सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले १२ बुँदे सम्झौताबिनै अमेरिकी आर्थिक सहयोग परियोजना कार्यान्वयन भइरहेको बताएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकमा एमसीसी १२ बुँदे नेपालको सम्झौताबिनै कार्यान्वयनमा लगिएको धारणा राखेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसी परियोजनाको निरीक्षणका लागि पार्टीले ५ सदस्यीय एमसीसी अनुगमन समिति बनाउने र त्यसको संयोजकमा पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे रहेको बताए ।
उनले सदस्यमा उपमहासचिव डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, पार्टी सचिव गरिमा शाह, विषय विज्ञ एक जना राख्ने निर्णय भएको पनि बताए । उनले पार्टी आजपनि व्याख्यात्मक घोषणालाई अंग बनाउनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया