दुई महिनापछि बोलाइएको बैठक बस्दै नबसी स्थगित

मकवानपुर- बागमती प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । सोमबार सोमबार दिउँसो साढे १ बजेका लागि आह्वान गरेको बैठक दलहरूको सहमति नभएपछि बस्दै नबसी स्थगित गरिएको हो ।
यद्यपि प्रदेश सभाले भने सभाको बैठक विशेष कारण देखाउँदै स्थगित गरेको छ । सभामुख भुवनकुमार पाठकले एक सूचना जारी गर्दै सोमबारका लागि तय भएको कार्यसूची हटाएर अर्को बैठक यही भदौ २० गते दिउँसो १ बजे बस्ने गरी प्रदेश सभा स्थगित भएको जानकारी गराएका हुन् ।
प्रदेश सभा बैठक सन्चालन र कार्यसूची तयार गर्न सोमबार बिहान साढे ११ बजेदेखि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो । नेकपा एमाले लगायत विपक्षी दलहरूले आफूसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै बैठक सञ्चालन हुन नदिने अडान लिएका थिए । कार्य व्यवस्था परामर्श समिति बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले, राप्रपाका नेताहरू र सरकारबीच सहमति हुन नसकेपछि साढे १ बजेका लागि बोलाइएको बैठक दिउँसो ४ बजेसम्म बस्ने जानकारी गराइएको थियो । तर, उक्त समयमा तय गरिएको बैठक समेत सुचारु गर्न नसकिए सूचना टाँसेर स्थगित गरिएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा बागमती प्रदेश सरकारले सार्वजनिक गरेको बजेटका विषयमा विपक्षी दलहरूले विरोध जनाउँदै आएका छन् । विपक्षीको विरोधपछि बजेटमा विपक्षी दलहरूले दिएका योजना पनि समेट्ने सहमति सरकारले गरेको थियो । सरकारले गरेको सहमति समेत कार्यान्वयन नभएको भन्दै विपक्षी दलहरूले प्रदेशसभा बैठक सञ्चालन हुन नदिने अडान लिँदै आएका छन् ।
गत असार २१ गते बसेर स्थगित बैठक २ महिना पछि सोमबारका लागि आव्हान गरिएको थियो ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया