बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट

काठमाडौँ– महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृंगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात् महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त संस्थाहरू र प्राप्त गर्न सकिने छुट निम्न लिखित छन्ः

संस्थाको नाम   

 ठेगाना

 सेवाहरू

छुट 

 

Nava Jiwan Hospital Pvt. Ltd.

 

जनकपुरधाम–९, जनकपुर

Hospital Service

१५%

Pharmacy

७ %

Other test

२० %

Customized Health Package

२००० रुपैयाँ

Crown’s Collection

  हेटौंडा–४, मकवानपुर

Women Accessories

१० %

New Busy Beans

  सिध्दार्थनगर–५, भैरहवा

Food & Beverage

१० %

Manahari Hair & Beauty Unisex Salon

   मनहरी–७, मकवानपुर

Beauty Service

१० %

Hook Hospitality Pvt. Ltd.

   कोटेश्वर–३२, काठमाडौँ

Food & Beverage

१० %

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै आएको छ ।