सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

मधेश प्रदेशका सांसद अनिरुद्धकुमार सिंह पक्राउ

काठमाडौँ- मधेश प्रदेशसभाका सदस्य अनिरुद्धकुमार सिंहलाई राजविराजबाट प्रहरीले नियन्त्रणमा लिएको छ । सप्‍तरी जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्रकुमार कार्कीले सिंहलाई आज (सोमबार) नियन्त्रणमा लिएको इकागजलाई जानकारी दिए ।

उनका अनुसार उनको पुरानो मुद्दा कायमै रहेकोले नियन्त्रणमा लिएको हो । उनको पुरानो ज्यान मुद्दा रहेको थियो । उनलाई अदालतमा पेस गरिएको छ ।

माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपी हुन् । सप्तरी ४ को प्रदेश सभा (ख) बाट सिंह विजयी भएका थिए । उनले ९ हजार ९८५ मत प्राप्त गरेका थिए ।