संविधानअनुसार बन्न बाँकी कानुनहरू बनाई संसद्मा पेस गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

काठमाडौँ- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानुनहरूको तर्जुमा गरी प्राथमिकताका आधारमा संसदमा पेस गर्न सरकारलाई निर्देशन दिएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकबाट अध्यक्ष तिमिल्सिनाले यस्ताे निर्देशन दिएका हुन् ।
अध्यक्ष तिमिल्सिनाले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० मा उल्लेखित सुझावहरूलाई कार्यान्वयन गर्न पनि निर्देशन दिए । उनले सुशासन कायम गर्न र संघीयताको कार्यान्वयन प्रभावकारी रूपमा गर्न कानुन निर्माण गर्नुपर्ने बताए । उनले कानुनी रिक्तता पूरा गरी संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्ने बताए ।
राष्ट्रिय सभाको आगामी बैठक भदौ २४ गते आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया