कर्मचारीलाई छनौटको अधिकार नै नदिइ समायोजन गरियो : सांसद देवकोटा

काठमाडौँ- नेपाली कांग्रेस सांसद अनिता देवकोटाले कानुनको अभावका कारण कर्मचारीहरूलाई आफू जाने पदको सेवा र सर्त बारे जानकारी नै नदिइ समायोजन गरिएको बताएकी छिन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्दै उनले कानुन नभएको कारण कर्मचारीहरूलाई आफू जाने पदको सेवा र सर्तको विषय नै जानकारी नदिइ समायोजन गरिएको बताइन् । उनले यसो गर्नु प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित नभएको जिकिर गरिन् ।
सांसद देवकोटाले कर्मचारीलाई छनोटको अधिकार समेत दिन नसकिएको भन्दै गुनासा् गरिन् । उनले संविधान अनुरूप ३ वर्षभित्र बनिसक्नुपर्ने कानुन आजसम्म पनि बन्न नसकेकोमा दु:ख व्यक्त गरिन् । कतिपय ऐनहरू भने समयसीमाको कारण राम्रोसँग छलफल नगरी हतार हतारमा पारित गरिएको पनि उनको भनाइ छ ।
उनले आवश्यक कानुनहरू छिट्टै बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया