राष्ट्रियसभा एक साताका लागि स्थगित

काठमाडौँ– संघीय संसद्अन्तर्गतको माथिल्लो सदन राष्ट्रियसभा एक साताका लागि स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक एक सातापछि भदौ २४ गते बस्ने गरी स्थगित भएको जानकारी दिए ।
सोमबार बसेको राष्ट्रियसभा बैठकबाट ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ प्रस्तुत भएको थियो । प्रतिवेदन सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ ।
प्रतिवेदनमाथि छलफल पनि भएको थियो । छलफलमा १० जना सांसदले भाग लिएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्डले' अन्तिममा जवाफ दिएका थिए । प्रधानमन्त्री प्रचण्डले सरकार संविधान अनुकूल बनाउनुपर्ने कानुन बनाउने कार्यमा लागेको बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया