संघीयता कार्यान्वयन गर्न तीन तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्छ : सांसद श्रेष्ठ

काठमाडौँ- नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले तीन तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले संघीयता कार्यान्वयनका निम्ति पहिलो सर्त नै जनशक्ति व्यवस्थापन रहेको बताए । उनले संघ, प्रदेश र स्थानीय तहमा जनशक्ति व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।
मुलुक संघीय संरचनामा रहेको उल्लेख गर्दै श्रेष्ठले राज्यशक्तिको प्रयोग तीनवटै ठाउँबाट हुनुपर्ने बताए ।
सांसद श्रेष्ठले सरकारले अत्यावश्यक रहेका विधेयकहरू पनि संसदमा ल्याउने प्रयत्न नगरेको बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया