सांसद शाहीको प्रश्न : कर्णाली राजमार्ग हो कि मृत्युमार्ग ?

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले जुम्लामा २०६६ देखि अहिलेसम्ममा ४३३ सवारी दुर्घटनामा १९९ जनाको ज्यान गुमाएको र कम्तीमा ८०० घाइते उपचाररत भएको सदनलाई जानकारी गराएका छन् ।
जुम्लामा आज भएको सवारी दुर्घटनाको कुरालाई संकेत गर्दै उनले संसद्लाई कर्णाली राजमार्ग हो कि मृत्युमार्ग भन्दै सदनलाई प्रश्न गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले कर्णाली राजमार्ग र नाग्मा हुँदै जाने रारासम्मको राजमार्ग छिटोभन्दा छिटो स्तरउन्नति र पिच गरियोस् भनेर आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई घोषणा गरेको १७ लाख रुपैयाँ रकम एक रुपैयाँ पनि खेलाडीको खातामा नआएको र भोकभोकै खेल्न बाध्य भएको कुरा दर्शाउँदै उक्त रकम दिनुपर्ने कुराको समेत जिकिर गरेका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया