तान्त्रिक एवं ऐतिहासिक भैरव नाच पुन:सञ्चालनमा

काठमाडाैं । तान्त्रिक एवं ऐतिहासिक भैरव नाच पुन:सञ्चालनमा ल्याइएकाे छ । याे नाच गत दुई वर्ष कोरोना भाइरस सङ्क्रमण महामारीका कारण सञ्चालन गर्न नसके पनि यो वर्ष भने पुनः सञ्चालन गरिएको हो।
४५ वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयको पहल र नगरपालिका तथा दाताहरूको सहयोगमा यहाँका युवाको सक्रियतामा पुनः सञ्चालनमा आएको ल्याइएकाे थियाे ।
तान्त्रिक विधि र शक्तिअनुसार सञ्चालन गरिने मल्लकालीन लायकू भैलः नाच लायकू, दथुटोल, मरूटोल, बालकुमारी परिक्रमा गरी पुनः लायकू, दुईपोखरी, दिगु भैरवसम्म परिक्रमा गरी पुनः लायकू दरबारमा पुर्याइन्छ। शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी देवगणहरूको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा रहेको गुरु श्रेष्ठले बताए।
प्राचीनकालमा मध्यपुरथिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिशाचले दुःख हाहाकार मच्चाएका थिए। त्यसबाट मुक्ति पाउनका लागि लायकूका सञ्चालक सक्रिय भएर शास्त्रका विज्ञ, तान्त्रिक र विद्धानसँग छलफल गरी स्थानीय मानिसहरूमा तान्त्रिक विद्यामार्फत मानिसको शरीरमा भैरव, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोल–टोलमा नचाएपछि भूतप्रेत टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको किंवदन्ती छ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया