दाङकाे बैबाङमा थारु ‘होमस्टे’ र सङ्ग्रहालय

तुलसीपुर- थारु सांस्कृति लोप हुँदै जान थालेपछि युवा यसको संरक्षणमा जुटेका छन् । संस्कार र संस्कृतिका हिसाबले धनी मानिएको थारु समुदायको पहिचान लोप हुन थालेपछि युवा त्यसलाई जोगाउन सक्रिय भएका हुन् । दाङको दङ्गीशरण गाउँपालिका–४ बैबाङका युवाले मिनी थारु सङ्ग्रहालय तथा ‘होमस्टे’ (घरबास) सञ्चालन गरेका छन् ।
त्यहाँ थारु समुदायका वेषभूषा, खानेकुरालगायत अन्य सामग्री राखिएका छन् । “थारु संस्कार, संस्कृतिमा थारु समुदाय धनी हो, तर पछिल्लो समय युवाले यो संस्कार र संस्कृति भुल्न थालेको गुनासो बढेको छ”, थारु युवा राजेश चौधरीले भने, “त्यसैले हामीले यसलाई संरक्षण गर्नका लागि होमस्टे र मिनी सङ्ग्रहालय सञ्चालनमा ल्याएका छौं ।”
यहाँ थारु समुदायका महिलाले प्रयोग गर्ने गरेका परम्परागत लुगाफाटा, गरगहना, दैनिक प्रयोग गर्ने ढिकी, जाँतो, कोल, डाली, ढकियाजस्ता वस्तु राखिएको छ । थारु समुदायको अन्य समुदायभन्दा भिन्न संस्कार र संस्कृति थियो । त्यसपछि सक्रिय भएका युवाले चलाएको होमस्टे र मिनी सङ्ग्रहालय हेर्नेको भिड लाग्ने गर्छ । “हेर्नका लागि सहर बजारका मानिस आउने, गफगाफ हुने र अनुभव सुन्ने र सुनाउने अवसर मिल्छ”, चौधरीले भने ।
नजिकै थारु सङ्ग्रहालय चखौरा र थारु राजा दङ्गीशरणले राज गरेको सुकौरा रहेको छ भने बीचमा युवाले मिनी थारु सङ्ग्रहालय सञ्चालनमा ल्याएका छन् । युवाले यसरी सञ्चालनमा ल्याएका होमस्टेले मठमन्दीर, प्राकृतिक सम्पदा लगायतको अध्ययन अवलोकन गर्न पर्यटक आउने भएकाले पालिकाको पनि आर्थिक समृद्धि हुने गाउँपालिका उपाध्यक्ष पीमाकुमारी खड्काले बताइन् ।
“होमस्टे, सङ्ग्रहालयले गर्दा अवलोकन गर्नेको सङ्ख्या वृद्धि हुन्छ”, उनले भनिन्, “त्यसले गर्दा पालिकाको पनि आम्दानी बढ्छ ।” होमस्टेमा चार कोठामा आरामदायी बिछ्यौनामा पाहुनालाई सुताउने व्यवस्था गरिएको छ । यहाँ थारुको परम्परागत खानेकुरा ढिक्री, माछालगायतका खानेकुरा खुवाइन्छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया