क्रिकेट खेलाडीलाई दिने भनिएकाे रकम छिट्टै दिन ज्ञानेन्द्र शाहीको ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले नेपाली क्रिकेट खेलाडीलाई दिने भनिएको रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले विभिन्न देशसँग खेलेर जितेका नेपाली खेलाडीलाई दिने भनिएको रकम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपलब्ध नगराएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
सरकार घोषणाअनुसार प्रत्येक १७ लाख रुपैयाँ पाउनुपर्ने भए पनि हालसम्म उपलब्ध नगराएको भन्दै उनले आपत्ति पनि जनाए । भोके पेटमा खेलाडीले क्रिकेट खेलिरहेको भन्दै उनले शुभकामना दिँदैमा मनोबल उच्च नहुने बताए ।
भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले एक वर्षमा २७ करोड आम्दानी गरिरहँदा नेपाली टिमका कप्तान रोहित पौडेलका सात लाख २० हजारभन्दा बढी नभएको भन्दै उनले क्रिकेट खेलाडीलाई दिने भनिएको रकम दिन आग्रह गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया