नबिल बैंकले ल्याएकाे विशेष तीज अफरमा के छ सुविधा ?

काठमाडौँ– नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ ।
यस अफर अन्तर्गत नबिल बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गत, नारी ग्राहक वर्गले असोज १५, २०८० गते सम्ममा ‘ नबिल प्रिमियम नारी बचत खाता’ खोली माथि उल्लिखित सुविधा प्रयोग गर्न सक्नेछन् ।
नबिल बैंक नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो । नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।
नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा उदाहरणीय काम गर्दै आएको छ ।

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_D1wHfTajMk_hic7n9tehxfeqmytvh5kdcct6rxo1sinwlmdkjvwhxge1fy2cielxqfpkjtk.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

प्रतिक्रिया