युनाइटेडमाथि आर्सनलको जित, लिभरपुल पनि विजयी

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले युनाइटेडलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा मार्टिन ओडेगार्ड, डेक्लन राइस र गाब्रिएल जेससले एक-एक गोल गरे । युनाइटेडका लागि एकमात्र गोल मार्कस रासफोर्डले गरे ।
यता अर्को खेलमा लिभरपुलले एस्टन भिल्लालाई ३-० तथा क्रिस्टल प्यालेसले उल्भ्सलाई ३-२ ले पराजित गरे ।
यससँगै समान ४ खेलमा समान १०-१० अंक जोडेका लिभरपुल तेस्रो तथा आर्सनल पाँचौँ स्थानमा रहेका छन् ।
चार खेलबाट ६ अंक जोडेको युनाइटेड भने ११ औँ स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया