इंग्ल्यान्डमाथि न्यूजिल्यान्डको शानदार जित

काठमाडौँ- घरेलु टोली इंग्ल्यान्डविरुद्धको चार खेलको टी-ट्वान्टी सिरिजको तेस्रो खेलमा न्यूजिल्यान्डले शानदार जित हात पारेको छ ।
बर्मिङ्घममा आइतबार राति भएको तेस्रो खेलमा न्यूजिल्यान्डले इंग्ल्यान्डलाई ७४ रनले पराजित गरेको हो । यससँगै इंग्ल्यान्डले सिरिजमा २-१ को अग्रता लिएको छ । अघिल्ला दुई खेल भने इंग्ल्यान्डले जितेको थियो ।
आइतबार राति २ सय ३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय २८ रनमात्र जोड्न सक्यो ।
इंग्ल्यान्डका लागि कप्तान जोस बट्लरले सर्वाधिक ४० तथा मोइन अलीले २६ रन बनाए । न्यूजिल्यान्डका इश सोधी र कायल जामिसनले समान ३-३ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाउँदा फिन एलेनले ८३ रन तथा ग्लेन फिलिप्सले ६९ रनको योगदान गरे ।
इंग्ल्यान्डका लागि गस एट्किन्सनले सर्वाधिक २ विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया