विश्वकप छनोटः कतारमाथि शानदार जितसँगै नेपाल सेमिफाइनलमा

काठमाडौँ- लगातार चार जित हात पार्दै नेपाल आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार मलेसियामा भएको खेलमा नेपालले चौँथों खेलमा कतारलाई ९ विकेटले पराजित गरेको हो । यससँगै समूह ‘ए’ मा रहेको नेपालले चार खेलबाट ८ अंक जोडेको छ ।
नेपालले समूह चरणको अन्तिम खेल यूएईविरुद्ध बुधबार खेल्नेछ । यस खेलले समूह विजेताको समेत टुंगो लगाउनेछ ।
सोमबारको खेलमा ७५ रनको लक्ष्य नेपालले १० ओभर ३ बलमा केवल एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा काजल श्रेष्ठले ३२, इन्दु वर्माले २० तथा सीता राना मगरले १७ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो । कतारका लागि सच्ची धादवलले सर्वाधिक २१ तथा अलिना खानले १५ रन जोडे ।
नेपालका लागि इन्दु वर्माले ३ तथा पूजा महतो र कविता जोशीले एक-एक विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया