एकै ओभरमा इन्दूको ३ विकेट, कतारले दियो नेपाललाई ७५ रनको लक्ष्य

काठमाडौं– मलेसियामा जारी आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपाललाई ७५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनाउँदा नेपालकी इन्दू बर्माले उत्कृष्ट बलिङ गरिन् । इन्दुले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् ।
कतारकी साची धडवालले सर्वाधिक २१ रन बनाइन् । उनले ४४ बलमा १ चौकासहित २१ रनको योगदान दिएकी हुन् । उनलाई इन्दुले एलबीडब्लू धरापमा परिन् ।
१७ औं ओभरकोे तेस्रो बलमा साची, पाँचौं बलमा ट्रप्टी काले र अन्तिम बलमा श्रुतिबेन कमलेशभाइ रानालाई इन्दुले आउट गरेकी थिइन् । कतारकी ओपनर एलिना खान २५ बलमा १ चौकासहित १५ रनमा आउट भइन् । उनलाई पनि इन्दूले आउट बनाएकी हुन्।
ओपनर खदिजा अहमद ४ बलमा १ चौका हिर्काएर पवेलियनन फर्किइन् । उनी पूजा महतोको बलमा एलबीडब्लू शिकार भइन् । एन्जिलेने मारे १८ बलमा २ चौकासहित १४ रनमा नट आउट रहिन् । नेपालका लागिपूजा महतो र कविता जोशीले थप एक एक विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया