कोभिडबाट निधन भएका टाटाका कर्मचारीका परिवारलाई नियमित तलब

नयाँ दिल्ली : टाटा स्टील कम्पनीले भारतमा कोभिड–१९ का कारण निधन भएका आफ्ना कर्मचारीको मासिक तलब परिवारजनलाई निरन्तर प्रदान गर्ने घोषणा गरेको छ ।
टाटा स्टील कम्पनीमा कार्यरत तथा विश्वव्यापी महामारीका कारण निधन भएका कर्मचारीको उमेर ६० वर्ष नहुँदासम्म उनको आश्रित परिवारका सदस्यलाई नियमित रुपमा तलब, घर तथा स्वास्थ्य सुविधा प्रदान गर्नेछ, टाटा कम्पनीको बजार व्यवस्था शाखाले जनाएको छ ।
त्यसैगरी कोभिड–१९ का कारण निधन भएका कर्मचारीका सन्तानको स्नातकसम्मको अध्ययन खर्च पनि बेहोर्ने कम्पनीले जनाएको छ ।
टाटा कम्पनीले उक्त घोषणा सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि जानकारी गराएको छ । कम्पनीको उक्त घोषणाको सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरेका छन् । (पीटीआई)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया