अक्सिजन प्लान्ट राख्न भक्तपुर नगरपालिकालाई स्थानीयले दिए ६३ लाख
भक्तपुर : बढ्दो कोभिड-१९ को दोस्रो लहरले भक्तपुर जिल्लालाई पनि छाडेको छैन । कोभिड संक्रमितहरूले अक्सिजन नपाएरै ज्यान गुमाउन नपरोस् भनेर यहाँका स्थानीयहरू जागरुक भएका छन् । ख्वप अस्पताल (कोभिड युनिट)मा अक्सिजन प्लान्ट जडान गर्नको लागि भक्तपुर नगरपालिकालाई स्थानीय समूदायले ६३ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । स्थानीय संघसंस्था र व्यक्तिगत रूपमा उक्त सहयोग प्राप्त भएको हो ।
देशैभरी अक्सिजन अभावले गर्दा संक्रमितहरूले अकालमा ज्यान गुमाइरहेको सन्दर्भमा भक्तपुर नगरपालिकाले कोभिड नियन्त्रण र रोकथाम गर्न तथा संक्रमितहरूको उपचारमा अक्सिजन अभाव हुन नदिन ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न नगर क्षेत्रभित्र बसोबास गर्ने नागरिक र क्रियाशील सहकारी संस्थाहरूलाई सहयोग गर्नको लागि आह्वान गरेको थियो । जसका लागि इच्छुक व्यक्ति र संघसंस्थाले प्रकोप व्यवस्थापन कोषमा जेठ ५ गतेदेखि निरन्तर सहयोग गरिरहेका छन् । हालसम्म कोषमा ६३ लाख ३७ हजार छ सय ९८ रूपैयाँ जम्मा भएको छ ।
जेठ ५ गते बोरिस हेस संस्था नेपालले १० लाख ४५ हजार पाँच सय रूपैयाँ सहयोग गरेको थियो भने, जेठ ९ गते सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १० लाख रूपैयाँ, भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १० लाख रूपैयाँ, संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पाँच लाख रूपैयाँ, बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ४ लाख रूपैयाँ, जिल्ला बचत तथा ऋण सहकारी संघले १ लाख रूपैयाँ र घनश्याम देउजाले १० हजार एक सय ६ रूपैयाँ सहयोग गरेका थिए । साथै जेठ १० गते चन्द्रबहादुर उलकले १ लाख रूपैयाँ, पुरुषोत्तम प्रजापतिले ५० हजार पाँच रूपैयाँ र ज्ञानप्रसाद न्यौपानेले २५ हजार पाँच सय ५५ रूपैयाँ सहयोग गरेका थिए ।
त्यस्तै सहयोगको निरन्तरता जारी रहेको छ । आज जेठ ११ गते भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्थाले दुई लाख रूपैयाँ, डायमण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५० हजार रूपैयाँ, हरिगोपाल सांयजुले १० हजार रूपैयाँ, केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक लाख ११ हजार रूपैयाँ, श्वेत भैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक लाख ७२ हजार छ सय ५० रूपैयाँ, एस.बी.एस इन्भेष्टमेन्ट कम्पनी प्रा.लिले एक लाख ११ हजार एक सय ११ रूपैयाँ सहयोग गरेको छ ।
त्यस्तै समय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक लाख १५ हजार रूपैयाँ, बागीश्वरी कलेज र बागीश्वरी माध्यमिक विद्यालयले १० लाख रूपैयाँ, प्रेम गोपाल कर्माचार्य, कमलविनायक बचत तथा ऋण सहकारी संस्था र दिक्षा(गौरी) हाडा स्मृति प्रतिष्ठान प्रत्येकले एक-एक लाख रूपैयाँ प्रदान गरेका छन् । त्यस्तै आरम्भ नेपालले २५ हजार, निओ फ्युजन स्कुल अफ कम्प्युटरले पाँच हजार पाँच सय ५५ रूपैयाँ र न्हुः इन्टर प्राइजेजले एक हजार एक सय ११ रूपैयाँ दिएका छन् ।
त्यस्तै पाटन रोटरी क्लब र नेपाल हृदय रोग निवारण प्रतिष्ठान पाटनले पीपीई एक सय १० थान, एन ९५ (बीवाइडी) २० थान, सर्जिकल मास्क ३० बाकस, ग्लोभ्स १० बाकस, पल्स अक्सिमिटर २ थान, थर्मल गन २ थान, ड्राइ फ्रुट्स प्याकेट, ५० थान र एन ९५(लोकल) ५० थान प्रदान गरेको छ ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया