शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

बिग ब्यास लिगको ड्राफ्टमा परेका पाँच नेपाली क्रिकेटर 'अनसोल्ड'

काठमाडौँ- बिग ब्यास लिग (बीबीएल) २०२३-२४ को ड्राफ्टमा परेका पाँच नेपाली क्रिकेटर आज भएको खेलाडी 'अक्सन'मा 'अनसोल्ड' भएका छन् ।

विदेशी खेलाडीको ड्राफ्टमा परेका लेग स्पिनर सन्दीप लामिछाने, देव खनाल, आसिफ शेख, आरिफ शेख र अर्जुन साउद अनसोल्ड भएका हुन् । 

सन्दीपलाई होबार्ट हरिकेन्सले 'रिटेन' गर्ने मौका भए पनि उनलाई हरिकेन्सले रिटेन गरेन । 

प्रतियोगिताको १३ औँ संस्करण डिसेम्बर ७ बाट सुरु हुने तालिका रहेको छ ।