महोत्तरीको बिर्ता गाउँ : १५ दिनमा १३ संक्रमितको मृत्यु

जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिका ४ रामनगरस्थित बिर्ता गाउँमा कोभिड संक्रमण नियन्त्रणभन्दा बाहिर गएको छ । यहाँ १५ दिनभित्र मात्रै १३ जना संक्रमितले ज्यान गुमाइसके । १५ दिनको अवधिमा १३ जनाको ज्यान गएपछि त्यहाँ परीक्षणको दर पनि बढाइएको छ ।
पछिल्लो पटक गरिएको परीक्षणमा थप २८ संक्रमित थपिएपछि गाउँ नै सिल गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए । प्रजिअ भट्टराईका अनुसार जेठ २० गतेसम्मको लागि बिर्ता गाउँ सिल गरिएको हो ।
उनले निषेधाज्ञासहित गाउँ सिल भएपछि आउजाउमा रोक लगाइएको पनि बताए । प्रशासनको निर्देशन उल्लंघन गरे कानुन अनुसार कारबाही गरिने बताए ।
महोत्तरी जिल्लामा ५९ जना संक्रमितको मत्यु भइसकेको छ । स्वास्थ्य कार्यालय महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहका अनुसार जिल्लामा अहिलेसम्म एक हजार आठसय ९६ जना संक्रमित भइसकेको छन् ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया