खेल पूरा नभएपछि भारतमाथि पाकिस्तान क्रिकेट बोर्डका पूर्व अध्यक्षको आक्रोश

काठमाडौँ- एसीसी एसिया कपअन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण प्रभावित बनेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का पूर्व अध्यक्ष नजाम सेठीले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) माथि आक्रोश पोखेका छन् ।
समूह ‘ए’ अन्तर्गत शनिबार भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण पूरा हुन सकेन र दुवै टोलीले एक-एक अंक बाँड्न बाध्य भए ।
भारतले पहिले ब्याटिङ गर्दै ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय ६६ रन बनाए पनि वर्षाका कारण पाकिस्तानले भने जवाफी ब्याटिङ गर्न पाएन ।
तर सेठीले भने वर्षाका कारण क्रिकेटकै सबैभन्दा प्रतिस्पर्धात्मक खेल वर्षाका कारण हुन नसक्नु निराशाजनक भएको बताएका छन् ।
सामाजिक सञ्जाल ‘एक्स’ मा एक स्ट्याटस राख्दै सेठीले आफूले एसियन क्रिकेट काउन्सिल (एसीसी) सँग एसिया कप यूएईमा आयोजनाका लागि प्रस्ताव गरेपनि बहाना बनाएर श्रीलंकमा सारिएको आरोप लगाए ।
बीसीसीआईका सचिव जय शाह एसीसीका अध्यक्ष हुन् ।
सेठीले दुवईमा धेरै गर्मी हुने दावी गरेपनि यसअघि सन् २०२२ को सेप्टम्बरमा एसिया कप अथवा २०१४ को अप्रिल तथा २०२० को सेप्टेम्बरमा इन्डियन प्रिमियर लिग आयोजना गर्दा पनि अहिलकै जति गर्मी भएको बताए ।
सेठीले खेलमाथिको राजनीति माफ गर्न नसकिने समेत बताए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया