फोन सम्पर्क गर्न आधा घण्टा पैदल यात्रा

तनहुँ : आँबुखैरेनी गाउँपालिका-५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नुपर्यो भने करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने स्थान खोज्दै सम्पर्क गर्नुपर्ने उनीहरुको दिनचर्या नै बनेको छ । समुद्री सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको उक्त स्थानका मानिस टावरले टिप्ने डाँडाकाँडा पुग्नुपर्ने अवस्था रहेको आँबुखैरेनी गाउँपालिका-६ का वडाध्यक्ष सुनाराम गुरुङले बताए । हिलेखर्क पर्यटकीय दृष्टिकोणले गन्तव्यस्थलको रूपमा परिचित भए पनि सञ्चार र विद्युत्ले छुन नसक्दा ओझेलमा परेको उनले बताए ।
आँबुखैरेनी गाउँपालिका-५ टेलिकमले टावर राख्ने कार्यको शुरुआत गरे पनि वडा नं ६ मा भने कुनै पनि सुरसार नभएको वडाध्यक्ष गुरुङले बताए । यस वडामा करिब तीन हजार जनसङ्ख्या रहेका छन्,' वडाध्यक्ष गुरुङले भने, 'विद्युत् र सञ्चार क्षेत्रमा यहाँका बासिन्दा पछि पर्दै गएकाले कष्टकर जीवन बिताउँदै आएका छन् ।' उक्त क्षेत्रमा विद्युतका पोल गाडे पनि बिजुली तार टाँग्ने कार्य बाँकी रहेकाले टेलिकम र एनसेलको टावर राख्न कठिनाइ भएको हो । जहाँ पायो त्यही टावरले टिप्दैन,' उनले भने, 'सम्पर्क गर्नका लागि घरदेखि टाढा डाँडामा गएर टावर टिप्ने स्थानबाट सम्पर्क गर्नुपर्ने यहाँको बाध्यता रहेको छ ।'
सम्बन्धित निकायमा पटक-पटक घच्घच्याए पनि दशैँपछि हुन्छ भन्ने आश्वासन पाएकाले थोरै भए पनि आश जागेको उनले बताए । चितवनस्थित कविलासको टावरले टिप्ने स्थानमा गएर सम्पर्क गर्नुपर्ने अवस्था रहेको सोही वडास्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद सिंखडाले बताए । गाउँभन्दा पर डाँडामा गएर सम्पर्क गर्नु यहाँका बासिन्दालाई बानी नै परिसकेको छ । उनले भने, 'सहजरूपमा सञ्चारको पहुँच पुग्न नसक्दा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।'
जिल्लाका नेता गोविन्द भट्टराई, प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायत नेतालाई यहाँको सञ्चार अवस्थाका बारेमा आफूले समेत पटक-पटक जानकारी गराएको प्रअ सिंखडाले जानकारी दिए । रासस

गौशालाका लागि १७ रोपनी जग्गा प्रदान

प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

मखनटोलमा लागेको आगो निभाइयो

‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

तामाखानी उत्खननका लागि खोजतालस सुरु

प्रतिक्रिया