न्यायाधीश शर्माविरुद्ध उजुरी आव्हान, १० दिनभित्र दिइसक्नु पर्ने

काठमाडौँ- संसदीय सुनुवाइ समितिले सर्वोच्चको न्यायाधीश सिफारिस भएका विनोद शर्माविरुद्ध उजुरी आव्हान गरेको छ ।
सुनवाइ समितिले आज एक सार्वजनिक सूचना जारी गर्दै शर्माविरुद्ध कुनै उजुरी भए १० दिनभित्र कार्यालयको ठेगानामा पत्राचार गर्न वा सोझै समितिको सचिवालयमा वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन सक्ने गरी व्यवस्था मिलाएको जनाएको छ ।
सार्वजनिक सूचना अनुसार त्यसरी सूचना दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनु पर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने व्यहोरासमेत आइतबार जारी सूचनामार्फत जानकारी गराइएको छ ।

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया