पोखरीमा बाख्रा डुबाएर लुछाचुँडी गर्ने अनौठो जात्रा [फाेटाेफिचर]

काठमाडौँ- ललितपुरको खोकनास्थित देवपोखरीमा नेवार समुदायले गाईजात्राको भोलिपल्ट मनाउने देवपोखरी जात्रा अनौठो छ ।
शनिबार रुद्रायणी मन्दिर र पोखरी आसपासमा देवपोखरी जात्रा हेर्ने मानिसहरूकाे भिडमा एक युवा देखिन्छन् । जसको काँधमा हुन्छ कालाे र सेताे रंगको पाठी । ती युवा सरासर पोखरी छेउ पुग्छन् र काँधमा रहेकाे पाठी बोकेरै पोखरीमा हाम फाल्छन् । अन्य युवाहरू पनि पोखरीमा थपिन्छन् र बाख्रालाई पोखरीमा डुबाउँछन् । यसरी सुरु हुन्छ याे जात्रा ।
पौडीबाज युवाहरूको हातबाट फुत्केर सास फेर्न पाठी अनेक प्रयत्न गरे पनि युवाहरूकाे याे जमातले पाठीलाई फेरि पानीमुनि दबाउँछन् ।
र, अब सुरु हुन्छ बाख्रा खोसाखोसको क्रम । १५–२० जना युवाहरू भिन्नभिन्न समूहमा बाँडिएर मरिसकेको बाख्रालाई लुछाचुँडी गरेर आफ्नो कब्जामा लिन प्रयत्न गर्छन् ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया