कास्कीमा निषेधाज्ञा उल्लंघन गर्नेलाई १ लाख जरिवाना
पोखरा : कास्कीमा निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रशासनले १ लाख जरिवाना तिराउने भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको आज बसेको बैठकले निषेधाज्ञा उल्लंघन गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही गरिने जनाएको छ ।
कोरोना संक्रमण रोक्न आदेश जारी गरिएको र अब आदेश नमाने अध्यादेश अनुसार व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने जनाएको छ । संस्थाले निषेधाज्ञा उल्लंघन गरेमा ५ लाख सम्म जरिवाना हुने पनि प्रशासनको सूचनामा उल्लेख छ ।
मास्क नलगाई सार्वजनिक रुपमा हिँडड्ल गरे पटकै पिच्छे १ सय रुपैयाँ जरिवाना हुने जनाइएको छ । अनुमतिबिना हिँड्ने २ पाङ्ग्रे सवारीलाई २ हजार र अन्य सवारी साधनमा ५ हजार रुपैयाँ जरिवाना हुने प्रशासनको सूचना छ । कास्कीमा १४ जेठसम्म निषेधाज्ञा घोषणा गरिएको थियो । मंगलबार मात्र कास्कीमा ४४० जनामा कोरोना देखिएको थियो । कास्कीमा ३०५७ जना सक्रिय संक्रमित छन् ।

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

प्रतिक्रिया