आफैँ लथालिङ्ग सरकारी कार्यालय (फोटोफिचर)

काठमाडौँ- जनतालाई सहज र सरल रुपमा सेवा दिनु सरकारको कर्तव्य र जिम्मेवारी हो । जनताबाट उठाएको करले नै सरकार चल्छ । त्यसैले जनताप्रति सरकार उत्तरदायी हुनुपर्छ नै । अशक्त र अव्यवस्थित रहेका सरकारी कार्यालयबाट जनताले सहज, सरल र छिटो छरितो सेवा पाइन्छ भनेर कसरी आश गर्ने ? यस्तो अव्यवस्थित, फोहोर सरकारी कार्यालयहरु भइदिँदा दिनप्रतिदिन आम नागरिकहरुले सरकारी सेवा लिनबाट वञ्चित हुनुपरेको छ ।
सरकारी कार्यालय भनेपछि यसै त कुनैपनि काम गर्नको लागि दिनभरको माया मारेर जानुपर्छ, त्यसमाथि व्यवस्थित र सफा भएन भने सेवाग्राही जनताको अवस्था कस्तो होला ? यो आम मानिसको प्रश्न हो ? यस्तो समस्या बाहिरको त कुरै नगरौँ, देशको संघीय राजधानी काठमाडौंकै सरकारी कार्यालयहरुको हरिबिजोग छ । त्रिपुरेश्वरस्थित पशु सेवा व्यावसायी परिषद्को भवनमा वर्षेभेल पसेपछिको अवस्था हेर्नुहोस् वा रेडियो नेपाल परिसरमा झारपातले ढाकेपछिको अवस्था हेर्नुहोस् ।
सरकारले सरसफाई र व्यवस्थापनको लागि कर्मचारी पनि राखेको हुन्छ । तर उनीहरुले काम गरे÷नगरेको निरीक्षण गर्नेहरु आफ्नै धुनमा मस्त हुन्छन् । त्यसैले नै सरकारी कार्यालय वरपर फोहोरको थुप्रो देखिएको छ । भन्सार विभागमा बिग्रेको डिजिटल सूचना बोर्डको अवस्था नियाल्नस् त, तपाई आफैँ छक्क पर्नुहुनेछ । गुठी संस्थान ललितपुरको जिर्ण भवनमा टेको लगाएको देख्न सकन्छ भने लोक बाजा संग्रालयको अवस्था फोटोमा हेर्नुहोस् ।
सरकार र सरकारी निकाय भएका संरचनाको संरक्षण होइन, लापरबाहीमै रमाएका छन् । सिंहदरवार अगाडि राखिएको तोपको कुनै महत्व नै छैन । लाग्छ सरकारबाटै सरकारी सम्पती तिरस्कृत छन् । घाँस उम्रिएर छेक्दासमेत कसैले त्यसमाथि ध्यान दिन आवश्यक ठानेका छैनन् । यस्तै संस्कृति, सम्पदा देखाएर विदेशी मुलुकहरु आर्थिकोपार्जन गरिरहेका छन् तर नेपाल आधुनिकताका नाममा भएका सांस्कृति सम्पदा, ऐतिहासिक महत्व बोकेका धरोहरका विषयवस्तुहरुको लापरबाही गरेर बस्छ ।
राष्ट्रिय सूचना आयोग परिसरमा फ्याँकिएको फोहोर, आन्तरिक राजश्व कार्यालय ललितपुरको जिर्ण साइन बोर्ड, यातयात कार्यालय एकान्तकुनामा च्यातिएको नागरिक बडापत्र, सहकारी विकास बोर्डको साइन बोर्ड जताततै सरकारी सम्पत्तीहरुको दुरुपयोग र हेलचेक्र्याँइ छ ।
तस्बिर : न्युज एजेन्सी नेपाल

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_shoRZyripw_wdodldh2p6e2ngity9euupg2p41pllian0qkgruf2hixhcrhv8yfaxw0fkmg.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

एउटै आमाको कोख, एउटै बाबुको सपना : जो छन् प्रहरीको नेतृत्वमा

स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी सहभागी हुने, वैशाख २७ गते रुम्झाटा…

जन्ती पुर्याएर फर्किएको बस त्रियुगाको बाढीले बगायो

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

प्रतिक्रिया