आज काठमाडौँ र ललितपुरको यी क्षेत्रमा बत्ति जाने

काठमाडौं- आज काठमाडौँ र ललितपुरको केन्द्र भागमा बत्ति जाने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले ललितपुरसहित काठमाडौँ आज दिनभर नै विद्युत कटौती गर्ने भए पछि काठमाडौँको केन्द्र भागमा त्यसको असर पर्ने भएको हो ।
प्राधिकरणका अनुसार आज साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुन सक्नेछ ।
टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रबाट हुने विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६:३० बजेसम्म प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया