प्रधानमन्त्री दाहाल र अमेरिकी सिनेटरबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राज्य अमेरिकाको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भन होलेन बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटघाटमा दुई देशको आपसी हित र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।
सिनेटर क्रिस भन होलेन आजै नेपाल भ्रमणमा आएका हुन् । आफ्नो भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
भ्रमणका क्रममा उनले नेपालका सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगबारे सम्बन्धित निकायसँग छलफल गर्ने जनाइएको छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया