सभामुखको प्रश्न : सरकार संसदीय समितिका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन ?

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसदीय समितिका निर्देशनहरू सरकारले प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले समितिले दिएका निर्देशन औपचारिक मात्रै हुने गरेको भन्दै प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्ने बताएका हुन् । उनले सरकार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन ? भन्दै प्रश्न गरे ।
सभामुख घिमिरेले संसद् जनताप्रति उत्तरदायी हुन जरुरी रहेको उल्लेख गरे । उनले जनताको पक्षमा काम गर्न समयभित्रै ऐन बनाउन जरुरी रहेको बताए । उनले विधायिका संस्थामा सांसदहरूले खेल्ने भूमिका प्रभावकारी हुनुपर्ने पनि जिकिर गरे ।
सभामुख घिमिरेले देश समृद्ध बनाउन र राष्ट्रको उन्नती गर्न सांसद र संसद् क्रियाशील बन्नुपर्ने बताए । उनले देशको पछौटेपन अन्त्य गर्न आर्थिक रूपमा सबल बन्नुपर्ने बताए । उनले संसदलाई सोझै जनताप्रति उत्तरदायी संस्था बनाउन अझै नसकिएको उल्लेख गरे ।
राजनीतिक उपलब्धि प्राप्त गरे पनि आर्थिक समृद्धि अबको प्राथमिकता हुनुपर्ने उनकाे भनाइ छ । विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा जानुपर्ने लक्ष्य पूरा गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न चुनौती रहेको बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया