हालान्डले जिते ‘यूइएफए प्लेयर अफ द इयर अवार्ड’

काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालान्डले सन् २०२२/२३ को ‘यूइएफए प्लेयर अफ द इयर’ अवार्ड हात पारेका छन् ।
सिटीकै केभिन डी ब्रुएन र अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई पछि पार्दै हालान्डले उक्त अवार्ड जितेका हुन् ।
गत सिजन सिटीले प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको उपाधि जित्दै ट्रेबल पूरा गर्दा हालान्डले सिटीका लागि सर्वाधिक गोल गरेका थिए ।
हालान्डले सबै खेलमा गरी ५२ गोल गरेका थिए । प्रिमियर लिग क्लबबाट हालान्डले एकै सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत कायम गरेका थिए ।
सिटीकै पेप गुआर्डियोला उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे ।
यता स्पेनकी आइताना मोनमातीले महिलातर्फको अवार्ड हात पारिन् । बार्सिलोनाकी मिडफिल्डर बोनमातीले अस्ट्रेलियाकी साम केर र स्पेनकै ओल्गा कार्मोनालाई पछि पार्दै प्लेयर अफ द इयरको अवार्ड हात पारिन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया