प्रधानमन्त्रीले लिए उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचारार्थ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई प्रोष्टेटमा समस्या भएपछि आज छाउनीमा भर्ना भएका छन् ।
अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उहाँको प्रोष्टेटको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ ।
शल्यक्रियापश्चात अस्पतालको वार्डमा रहेका रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रा डा भण्डारीले जानकारी दिए ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उनी केही दिन अस्पतालमै रहने जनाउँदै हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । खतिवडा मन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएका थिए । रासस

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया