पोखराका स्वास्थ्यका १२ कर्मचारी अझै काज फिर्ता भएनन्

पोखरा - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार पोखरा महानगरपालिकाले ४४ स्वास्थ्यका कर्मचारी काज फिर्ता हुने लिष्ट तयार गर्यो । उनीहरुको नामसहित काज फिर्ता हुन स्वास्थ्य महाशाखालाई पत्र काट्यो । ती ४४ मध्ये केही काज साविकको कार्यालयमा पुगेर काम थालिसकेका छन् । तर, १२ जना अझै विभिन्न बहानामा काज फिर्ता नभएको भेटिएको छ ।
पोखरा महानगरको स्वास्थ्य महाशाखाका अनुसार काज फिर्ता नभएका १२ जनाको आ–आफ्नै समस्या रहेको बताएको छ । महाशाखाका सूचना अधिकारी फुलदेव तिम्सिनाका अनुसार ७ जना विदामा छन् । १ जना विदेश रहेको पनि उनले जानकारी दिए । २ जनाले पत्र बुझेपनि रमाना लिएका छैनन् । अर्को एक जनाको समायोजन वा काज फिर्ती भन्ने बारेमा स्पष्ट नभएकाले काठमाडौं मन्त्रालयमा पठाएको उनले बताए । १ जनाको भने समायोजन मिलान भएकाले फिर्ता जना नपर्ने अवस्था रहेको उनको भनाई थियो । तर, उनले समायोजन मिलानको पत्र नबुझाएको सूचना अधिकारी तिम्सिनाले बताए ।
मन्त्रालयले असार २५ गते नै मन्त्रालय मातहतका सबै निकाय, सातै प्रदेश र सबै स्थानीय तहलाई दरबन्दी भएका ठाउँमा फर्कन सूचना जारी गरेको थियो । साउन १ गतेदेखि नै साविककै कार्यालयमा फर्कन गरेको सूचना नमानेपछि साउन ८ गते पुनः मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरेको थियो । स्वास्थ्यमा नेतृत्व सम्हालेर बसेका तथा पहुँचका आधारमा केन्द्रमा बसिरहेका स्वास्थ्यकर्मीलाई यस पटक स्वास्थ्य मन्त्रालयले कुनै पनि बहानामा छुट दिन नसकिने भन्दै दरबन्दी भएकै स्वास्थ्य संस्थामा काज फिर्ता गर्न लागेको हो । सोही अनुसार पोखरा महानगरमा पनि केही स्वास्थ्यका कर्मचारी दरबन्दी अनुसारको काजमा फिर्ता हुनुपरेको हो ।
काज फिर्ता भएपछि अहिले पोखरा महानगरको स्वास्थ्य महाशाखामा २ सय ९६ कर्मचारी कार्यरत रहेको सूचना अधिकारी तिम्सिनाले जानकारी दिए । एकैपटक धेरै कर्मचारी विदा भएर जाँदा महानगरको स्वास्थ्य क्षेत्रमा काम गर्न असहज भएपनि मिलाएर गरिरहेको उनले सुनाए । काज फिर्ता हुन बाँकी कर्मचारीहरू पनि ढिला चाँडो काज फिर्ता हुने उनले सुनाए ।
पोखरा महानगरपालिकाका सूचना अधिकारी मोति तिमिल्सिनाले फर्कन बाँकी रहेका स्वास्थ्यका कर्मचारी कुनै बहानामा नरहने बताए । उनीहरुको हाजिरी रोक्का भइसकेकाले पनि ती कर्मचारी जानैपर्ने उनको तर्क थियो । ‘उहाँहरु सबै जनाको पत्र बनिसकेको छ । कोही रहने कोही बस्ने हुँदैन सबै जानैपर्छ,’ उनले भने, ‘पोखरा महानगरले साउनदेखि उहाँहरुको खातामा तलब नहाल्ने भनिसकेको छ । सोही कारण पनि उहाँहरु यहाँ बसिरहन उचित पनि होइन् ।’
पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले साउन १५ गते पत्र काटेर काज फिर्ता नगएका कर्मचारीको हाजिर रोक्का गर्न निर्देशन दिएको थियो । महानगरको पत्रले स्वास्थ्य महाशाखामा कार्यरत ४४ स्वास्थ्य कर्मचारीको सोही समय देखि हाजिरी रोक्का भएको छ ।
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’

उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती
_58DJeFTbkf_15alebkhtyikazvft2zhbo4y2tdg84bwipikxfzyu2qpwn0qydlxs7cfqf8k_qucvtwDKen_crbdbmkj2ou3g0euo27tdv9tz3oxocmg1ybmy4e1h3yohl9eloooqe2242gw.jpg)
व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

गौरवको आयोजना ६ वर्षदेखि अलपत्र
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा

प्रतिक्रिया