नेपालमा फेरि सलह किरा भित्रिने जोखिम
काठमाडौँ : नेपालमा फेरि सलह किरा भित्रिने जोखिम बढेको छ । भारत र पाकिस्तानमा अफ्रिकी महादेशबाट सलह किरा भित्रिने जोखिम बढेको भन्दै संयुक्त राष्ट्र संघले चेतावनी जारी गरेको छ ।
राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)ले भारत र पाकिस्तानमा सलह भित्रिने जोखिम रहेको बताएको हो । पाकिस्तान र भारतको मरुभूमि क्षेत्रमा इरान अरेबियाबाट सलह किरा भित्रिने जोखिम रहेको र त्यहाँको खाद्यान्न नष्ट गर्ने सम्भावना बढेको संगठनको भनाई उद्धृत गर्दै भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ ।
सलह किराका लागि भारतको मरुभूमि क्षेत्र मानिने राजस्थानको हावापानी उपयुक्त ठाउँ हो । जहाँ यसले अण्डा पार्ने र बच्चा जन्माएर हुर्काउने गर्छ । राजस्थानबाट सलहको झुण्ड नेपाल भित्रिने जोखिम बढेको हो । यद्यपि भारत र पाकिस्तानमा अहिलेसम्म सलह पुगिसकेको छैन ।
गएको वर्ष नेपाल भित्रिएको सलह किराले केही किसानको बालीनालीमा क्षति गरेको थियो । तर धेरै क्षति गर्ने अनुमान गरिएपनि त्यस्तो क्षति भने भएको थिएन । नेपाल कृषि अनुसन्धान परिषद नार्कका कीट वैज्ञानिक सुदीप उपाध्याय नेपालमा सलह किरा भित्रिएपनि अण्डा पार्ने र बच्चा जन्माउने उपयुक्त हावापानी नभएकाले धेरै समस्या नहुने बताउँछन् ।
‘यसबारे वैज्ञानिक साथीहरुसँग छलफल भएको छ’ उनले भने, ‘नेपालमा उपयुक्त हावापानी नभएकाले सलह भित्रिएपनि किसानले ठूलो चिन्ता लिनु पर्दैन् ।'

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

प्रतिक्रिया