शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

एसिया कप : नेपालविरुद्ध पाकिस्तानका कप्तान बाबर आजमले बनाए अर्धशतक

काठमाडौँ- एसीसी एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तानका कप्तान बाबर आजमले नेपालविरुद्ध अर्धशतक बनाएका छन् ।

आजमले ७२ बल खेल्दै अर्धशतक पूरा गरेका हुन् । पाकिस्तानको मुल्तालनमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २८.२ ओभरमा १२८ रन बनाएर चार विकेट गुमाईसकेको छ ।

नेपालका करण केसीले पाकिस्तानका फकर जमानलाई आउट पार्दा इमाम-उल-हक रन आउट भए । रिजवान ४४ रन बनाउँदै दीपेन्द्रसि‌ंहकाे ऐरीकाे डाइरेक्ट हिटमा रन आउट भए ।