सप्तरीको बोदेबर्साएइन नगरपालिकाका नगरप्रमुखसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साएइन नगरपालिकाका नगरप्रमुखसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बुधबार विशेष अदालतमा दायर गरेको मुद्दामा नगरप्रमुख आतेश कुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, वडा अध्यक्षसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको उल्लेख गरिएको छ ।
नगरपालिकाका पशु विकास अधिकृत अर्जुनप्रसाद यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोज कुमार मण्डल, नगरपालिका प्रमुख आतेश कुमार सिंह, वडा ४ का वडाध्यक्ष रामानन्द चौधरी, तत्कालीन कार्यपालिका सदस्य श्रीप्रसाद भगत, माँ जगदम्बा कृषक समुहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलम कुमारी शर्माको मिलेमतोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत संञालन नै नभएको बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ हिनामिना गरेको आयोगको आरोप छ ।
आरोपीबाट हिनामिना रकम बराबरको बिगो असुल गरि कैद सजायको समेत माग आयोगले गरेको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया