करोडौं ठगेर सहकारी सञ्चालक फरार, न्याय माग्न प्रहरी कार्यालय धाउँदै पीडित

सुर्खेत - सुर्खेत स्थित शिवशिखर सहकारी संस्थाबाट ठगिएका पीडित नागरिकहरू प्रहरी कार्यालय धाउन थालेका छन् । सहकारीमा पैसा बचत गरेका नागरिकहरू अहिले लामो समयदेखि सहकारी बन्द भएपछि निरास छन् । सहकारी सञ्चालकहरु फरार रहेको प्रहरीले जनाएको छ । ब्याजको प्रलोभनमा परि स्थानीय नागरिकहरू करोडौं रकम जम्मा गरेका थिए ।
सहकारी संस्थाको सुर्खेतको वीरेन्द्रनगरस्थित कार्यालयले यहाँका स्थानीयबाट करोडौ रुपैयाँ ठगेको पाइएको छ । सुर्खेत प्रहरीले जिल्ला अदालतमा बुझाउन तयारी गरेको प्रतिवेदनमा ११ करोड विगो माग दावी गर्दै ११ जनालाई प्रतिवादी बनाएको छ ।
एक सय ७८ जनाले आफूहरू शिवशिखर सहकारीबाट ठगिएको भन्दै जाहेरी दिएका थिए । उनीहरूको ११ करोड रकम ठगी भएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । त्यस यता पनि २० जना बढीको निवेदन आइसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले जानकारी दिए ।
उनीहरूले दिएको जाहेरीमा बढी ब्याजको प्रलोभनमा परेर आफूहरूले सहकारीमा रकम जम्मा गरेको उल्लेख छ । डीएसपी शाहीका अनुसार आफूहरू ठगिएको भन्दै निवेदन ल्याएर आउने क्रम भने रोकिएको छैन । ‘ एक सय ७८ जनाले आफूहरू सहकारीबाट ठगिएको भन्दै जाहेरी निवेदन दिनु भएको थियो त्यो सबै हामीले अनुसन्धान गरेर अदालतमा बुझाएका छौ,’ शाहीले भने, ‘त्यस यता पनि २० जना भन्दा बढीको जाहेरी आइसकेको छ । अझै जाहेरी आउने क्रममै रहेकाले ठगिनेहरूको संख्या अझै धेरै हुनसक्छ ।’
भक्तपुरमा प्रधान कार्यालय रहेको शिवशिखरले सुर्खेतको वीरेन्द्रनगर र मेहलकुनामा शाखा कार्यालय खोलेको थियो । उक्त सहकारीले बचत र ऋण कारोबारसँगै अन्य क्षेत्रमा समेत लगानी गर्दै आएको थियो । दुइ वटै शाखाबाट झण्डै ३० करोड रूपैयाँ सहकारीले सेयर र विभिन्न बचतका नाममा उठाएको अनुमान छ । प्रहरीले सहकारी ठगीमा संलग्न सहकारीका निर्देशक तथा अन्य कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ ।

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_D1wHfTajMk_hic7n9tehxfeqmytvh5kdcct6rxo1sinwlmdkjvwhxge1fy2cielxqfpkjtk.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

प्रतिक्रिया