दिनेशकुमार घिमिरेलाई सचिव पदमा बढुवा गर्ने सरकारकाे निर्णय

काठमाडौँ- सरकारले दिनेशकुमार घिमिरेलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रशासन सेवा समूहीकरण तर्फ राजपत्राङ्कीत विशिष्ट श्रेणीको रिक्त सचिव पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
भदौ पाँच गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोपीकृष्ण खनाल निवृत्त भएपछि रिक्त एक पदका लागि बढुवा समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमध्ये मन्त्रिपरिषद्ले घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकले अर्थमन्त्रालयको प्रस्तावमा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ भने नेपाल र फिलिपिन्सबीच कूटनीतिक र सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिन सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ । बैठकले भन्सार विधेयक र विद्युत विधेयकलाई सदनमा प्रस्तुत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।
त्यस्तै बैठकले औषधी लिमिटेडको महाप्रबन्धक पदमा कैलासकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

डा. कोइरालाले उठाए विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामु…

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

प्रतिक्रिया