एसिया कपका लागि साविक विजेता श्रीलंकाको टोली घोषणा

काठमाडौँ- पाकिस्तानमा बुधबार अर्थात भोलिदेखि सुरु हुने एसिया कप २०२३ का लागि साविक विजेता श्रीलंकाको टोली घोषणा भएको छ ।
दासुन शनाकाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा श्रीलंका क्रिकेटले मंगलबार गरेको हो ।
श्रीलंकाले एसिया कप ६ पटक जितिसकेको छ । उसले गत वर्षको आयोजित प्रतियोगितामा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।
एसिया कप अगस्ट ३० बाट सुरु हुँदैछ । यसका लागि श्रीलंका समूह ‘बी’ मा रहेको छ । यसै समूहमा अफगानिस्तान र बंगलादेश पनि रहेका छन् ।
श्रीलंकाले पहिलो खेल बंगलादेशसँग अगस्ट ३१ तथा दोस्रो खेल अफगानिस्तानविरुद्ध सेप्टेम्बर ५ मा खेल्ने तालिका रहेको छ ।
श्रीलंकाको टोलीः
दासुन शानक,पथुम निसानका, दिमुथ करुनरत्ने, कुसल जनित परेरा, कुसल मेन्डिस, चरित असलंका, धनञ्जय डे सिल्भा, सदीरा समरविक्रमा, महीश थीकशाना, डुनिथ वेललाज, माथीशा पाथिराना, कासुन राजिथा, दुशन हेमन्थ, बिनुरा फर्नान्डो र प्रमोद मधुशन

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया