सरकारले सुशासनको पक्षमा चालेका कदमप्रति सबैले साथ दिनुपर्छ : वर्षमान पुन
काठमाडौँ- सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले सरकारले चालेका सुशासनका कदमहरूमा साथ दिन सबै पक्षसँग आग्रह गरेका छन् ।
सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले चालेका कदम सही भएकाले सबैले साथ दिनुपर्ने उनको भनाइ थियो । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव पुनले सुशासनको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिँदै आएका पछिल्लो अभिव्यक्तिको पनि प्रशंसा गरे । उनले राज्य शक्तिको दुरुपयोग हुन नदिने गरी सरकारले सुशासनको पक्षमा चालेको कदमहरूलाई अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए ।
उपमहासचिव पुनले कुनै पनि खालको पूर्वाग्रह साँधेर सरकारले राज्य सत्ताको दुरुपयोग गरे त्यसले कसैलाई पनि फाइदा नगर्ने बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया