सांसद न्यौपानेको प्रधानमन्त्रीलाई प्रश्न : लोकतन्त्रमा शासन विधि र पद्धतिको हुन्छ कि व्यक्तिको ?

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सकिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा १२ जना सांसदले नाम टिपाएका थिए ।
१२ मध्ये ८ नम्बरमा रहेको प्रश्न फिर्ता लिएका थिए भने ११ जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न गरेका थिए । जसमध्ये सांसद ईश्वरीदेवी न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तीन वटा प्रश्न सोधेकी थिइन् । प्रस्तुत छ न्यौपानेको प्रश्न र प्रधानमन्त्रीको जवाफ :
ईश्वरीदेवी न्यौपानेको प्रश्न
- लोकतन्त्रमा शासन विधि र पद्धतिको हुन्छ कि व्यक्तिको ? यदि विधि र पद्धतिको हुन्छ भने राज्यका निकायहरूमा व्यक्ति परिवर्तनले खासै ठूलो अर्थ नराख्नु पर्ने हो। तर हाम्रोमा मन्त्री या कर्मचारी परिवर्तन गरेर मात्रै सुशासन सम्भव छ भन्ने जस्तो भाष्य निर्माणको कोसिश किन हुँदैछ ?
- हाम्रो जस्तो सुन्दर, शान्त देश नेपालमा १३१ भाषाभाषी, १४२ जातजाति बसोबास गर्छन्।यो विविधता हाम्रो पूँजी हो र यसलाई बचाएर राख्नु हामी सबैको कर्तव्य र दायित्व हो। “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” बोलको हाम्रो राष्ट्रिय गानको भाव र मर्मप्रति मेरो अटल विश्वास छ। वर्गीय राजनीतिको सैद्धान्तिक वकालत गर्ने पार्टी नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं सहभागी भएर बनाएको संविधानको रक्षासँगै यसको कार्यान्वयन तथा पालना गर्ने प्रतिबद्धतासहितको शपथ लिएर अहिले देशको कार्यकारी प्रमुखमा हुनुहुन्छ। तर हालै प्रधानमन्त्रीज्यूले ‘यदि हामीले निर्वाचन जितेको खण्डमा जातीय राज्य उपलब्ध गराउँनेछौं भनी दिएको सार्वजनिक अभिव्यक्ति यो संविधानको भावना अनुकूल छ । जातीय, भाषिक र धार्मिक द्वन्द्व न्यूनीकरण गर्ने भन्दा झन् बल्झाउने अभिव्यक्ति सुन्दा कतै प्रधानमन्त्रीज्यूलाई नै यो संविधान र शासन व्यवस्थाप्रति अनास्था वा अविश्वास बढेर त होइन रु यसबारे स्पष्ट पारिदिनु हुन्छ कि ?
- सुदूरपश्चिम सरकारले आफ्नै भवनबाट कार्यसञ्चालन गर्न कहिलेदेखि पाउँछ ?
प्रधानमन्त्री प्रचण्डको जवाफ
- लोकतान्त्रिक विधि र पद्धतिको विकासमार्फत सामाजिक न्याय र सुशासनसहितको समृद्धि हासिल गर्ने दिशामा सरकारका क्रियाकलाप केन्द्रित रहेका छन्।सरकार विधिको शासनमा पूर्णतः प्रतिबद्ध छ।
- बहुजातीय बहुसाँस्कृतिक विविधता बोकेको नेपालमा सदीयौँदेखि विभिन्न जातजाति¸ वर्ण¸ धर्म र संस्कृतिका जनताहरु आपसी सहकार्य, सम्मान र गहिरो सद्भावका साथ मिलिजुली बस्दै आएका छन्। अनेकतामा एकता नेपाली मात्रको विशिष्टता र नेपाली समाजको आधारभूत चरित्र हो। सबैको सहअस्तित्व कायम गर्दै मौलिकताको संरक्षण र संवर्द्धनमा नै हाम्रो राष्ट्रिय एकता दिगो, दरिलो भई साँचो अर्थमा राष्ट्रियता बलियो हुने हुन्छ। नेपालको कानूनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म¸ संस्कृति र आस्थामा चोट नपुर्याई आ(आफ्नो धर्म¸ संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको छ। अतः परापूर्वकालदेखि यहाँ कायम रहिआएको सामाजिक एकता¸ सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पार्ने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार दृढ प्रतिबद्ध छ। सामाजिक सद्भावमा खलल पार्ने वा एकअर्काको संस्कृति र धर्म विरुद्ध हुने द्वेषपूर्ण कार्यलाई सरकारले छुट दिने छैन। नेपालको संविधानको पूर्ण पालना गर्नु हामी सबैको साझा दायित्व हो।
- सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा निर्माण गर्ने सन्दर्भमा जग्गा प्राप्ति लगायतका विषय प्रक्रियामा रहेको व्यहोरा जानकारी गराउन चाहन्छु।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया