बिरामीको मृत्युपछि अस्पतालमा प्रदर्शन

सुदूरपश्चिम - किड्नीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर धनगढीको स्वस्तिक अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरेका छन् ।
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै लापरबाही गर्ने माथि कारबाहीको मागसहित मृतकका आफन्तले प्रदर्शन गरेका हुन् । किड्नीमा पत्थरीको समस्याका बिरामी कञ्चनपुरको बेलौरी नगरपालिक–१० का ५५ वर्षीय ओजनलाल चौधरीको शल्यक्रिया गर्ने क्रममा आज मृत्यु भएको थियो ।
चौधरीलाई तीन दिनअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रिया गर्ने क्रममा अत्यधिक रक्तश्राव भई चौधरीको मृत्यु भएको भन्ने जानकारी आएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले बताए । प्रदर्शनपछि अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ । रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया