कप्तान रोहित भन्छन् : एसिया कपलाई यादगार बनाऔँ

काठमाडौँ- पाकिस्तान र श्रीलंकामा हुने एसीसी एसिया कप क्रिकेट प्रतियोगिताअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिया कपलाई स्मरणीय बनाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा एक स्टाटस राख्दै कप्तान पौडेलले एसिया कपलाई स्मरणीय बनाउन आग्रह गरेका हुन् ।
एसिया कपका लागि नेपाल समूह ‘ए’ मा रहेर आयोजक पाकिस्तान र भारतसँग खेल्दैछ । नेपालले दुवै राष्ट्रको सिनियर टोलीसँग पहिलो पटक खेल्न लागेको हो ।
नेपालले पाकिस्तानविरुद्ध अगस्ट ३० र भारतविरुद्ध सेप्टेम्बर ४ मा खेल्ने तालिका रहेको छ ।
त्यसअघि पौडेलले चुनौतीलाई आत्मसात गरेर सपनाहरू पछ्याउन जोशका साथ खेल्ने उल्लेख गरे ।
मैदानभित्रका ब्याटको प्रत्येक स्ट्रोक, प्रत्येक क्याच तथा हरेक गतिविधिले लक्ष्यको एक कदम नजिक पुर्याउने उनको विश्वास छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया