सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

गोरखा नगरपालिकामा मोतियाबिन्दुको निःशुल्क उपचार

फाइल फोटो

गोरखा - गोरखा नगरपालिकाले मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने भएको छ । नगरपालिकाले लायन्स आँखा सेवा केन्द्र गोरखासँगको सहकार्यमा आँखाको उपचार र मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । “यसअघि मोतियाबिन्दुको शल्यक्रिया गर्दा रु चार हजार खर्च हुन्थ्यो भने अब निःशुल्क शल्यक्रियाको सुविधा उपलब्ध गराइएको छ”, उनले भने । 

नगरवासीले शल्यक्रिया गर्दा लाग्ने सबै खर्चसँगै चश्मा र औषधि पनि निःशुल्क उपलब्ध गराइनेछ । नगरवासीलाई स्वास्थ्य सेवा कार्ड पनि उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको छ । तर तत्कालका लागि भने स्थायी बसोबासको प्रमाण खुल्ने कागजपत्रका आधारमा उक्त सुविधा लिन पाइने नगरपालिकाले जनाएको छ ।

“स्वास्थ्य कार्ड उपलब्ध नहुँदासम्म नगरवासी भएको परिचय खुल्ने सरकारी कागजपत्र नागरिकता, मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, जन्मदर्ता, सवारी चालक अनुमतिपत्र, बसाइँसराइ पत्र वा विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि निःशुल्क सेवा लिन पाउनेछन्”, नगरप्रमुख रानामगरले भने । 

मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने नगरवासीका लागि निःशुल्क शल्यक्रिया सहितको उपचारका लागि नगरपालिकाले सेवा केन्द्रलाई चालु आर्थिक वर्षमा रु पाँच लाख उपलब्ध गराउने नगरप्रमुख रानामगरले बताए । “नगरपालिकाले विनियोजन गरेको रकम आवश्यक प्रक्रिया पूरा गरेर केन्द्रको खातामा उपलब्ध गराइनेछ”, उनले भने । 

गोरखा नगरपालिका–६, स्थित अस्पतालचोकमा रहेको लायन्स आँखा सेवा केन्द्र गोरखाले विगत १९ वर्षदेखि सेवा दिँदै आएको छ ।
रासस

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल