एसिया कपका लागि सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

काठमाडौँ- पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसीसी एसिया कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सोमबार पाकिस्तान प्रस्थान गरेका छन् ।
नाबालिक बलात्कारको आरोपमा आइतबार सुनुवाइ हुने भएका कारण सन्दीप टिमसँगै पाकिस्तान जान सकेका थिएनन् । तर काठमाडौँ जिल्ला अदालतमा उनको सुनुवाइ भदौ २१ गते तोकिएपछि सन्दीप सोमबार पाकिस्तान प्रस्थान गरेका हुन् ।
नेपालले एसिया कप खेलेर फर्किएलगतै सन्दीपको सुनुवाइ हुने भएको छ ।
एसिया कपका लागि नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा आयोजक पाकिस्तान र भारत पनि रहेका छन् ।
नेपालले पहिलो खेल पाकिस्तानविरुद्ध अगस्ट ३० मा पाकिस्तान तथा दोस्रो खेल भारतविरुद्ध सेप्टेम्बर ४ मा श्रीलंकामा खेल्ने तालिका रहेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया