भोजपुरमा बर्सातले पहिरो जाँदा सडकसहित घरहरू जोखिममा

टक्सार - निरन्तरको वर्षाका कारण भोजपुरमा पहिरो जान सुरु भएको छ । पहिरोका कारण सडक, विद्यालयका र घरहरूसमेत जोखिममा परेका छन् ।
जिल्लामा निरन्तरको वर्षा भएपछि सडकसहित घरहरूमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए । पहिराले भोजपुर नगरपालिका–१२ का दुई घरमा जोखिम भएको छ । अन्य केही घरसमेत जोखिममा रहेका छन् । शनिबार राति गएको पहिराले रमेश दर्नाल र मोतिलाल कपालीको घरमा क्षति पुगेको स्थानीयवासी विमल रणपहेलीले जानकारी दिए ।
केही दिनयताको अविरल वर्षाका कारण आफ्नो घरको माथि र तलबाट पहिरो गएको दीपेन दर्नालले बताए । उनले भने, “शनिबार रातिको पहिराले घरमा नै क्षति पु¥याएको छ, आवश्यक सहयोगका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।” अन्य घरहरू पनि पहिराको जोखिममा छन् । थप पहिराको जोखिम रोक्न र आवश्यक सहयोगका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत ती दुई घर परिवारले गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार वर्षाका कारण भोजपुर नगरपालिका–४ का नरेश खड्काकोे दुईतले घर पूर्णरूपमा क्षति भएको ।
यस्तै जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिका–२, कोतगढीडाँडा नजिकैको भित्री सडकखण्डमा पहिरो गएर सडक नै अवरोध भएको छ ।
बर्सातका कारण हतुवागढी गाउँपालिका–१, भीमसेनथानका छत्रबहादुर बस्नेतको घर छेउमा रहेको गोठ लड्दा गोठभित्र रहेका केही खसी बाख्राहरूसमेत मरेका छन् ।
भोजपुर नगरपालिका–१२, पैयाँपानीमा रहेको सार्वजनिक आधारभूत विद्याालयको ४० मिटर पर्खालसमेत वर्षाका कारण ढलेको प्रहरीले जनाएको छ । तीनतले घर भत्किएपछि जिल्लाको उत्तर षडानन्द नगरपालिका–८ का चमरसिंह तामाङको आठ जनाको परिवार छिमेकी हर्कराज राईको घरमा बस्दै आइरहेको छ । त्यस्तै रामप्रसाद राई गाउँपालिका–७ का सुमन राई, सोही वडाका टीकाराम राई लगायतको घरमा समेत क्षति पुगेको प्रहरी निरीक्षक लिम्बूले बताए । रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया