डेब्यू खेलमै गोल गर्दै मेस्सीले दिलाए मियामीलाई जित

काठमाडौँ- अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले मेजर लिग सकरको डेब्यू खेलमा गोल गर्दै अमेरिकी क्लब इन्टर मियामीलाई जित दिलाउन सफल भएका छन् ।
न्यू जर्सीको रेड बुल एरिनामा आइतबार बिहान भएको खेलमा न्यूयोर्क रेड बुल्सलाई २-० ले पराजित गर्दै मियामीले जित हासिल गर्यो ।
डिएगो गोमेजले खेलको ३७ औँ मिनेटमा गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ६० औँ मिनेटमा मेस्सी र सर्जियो बुस्केट्सले मियामीका लागि मेजर लिग सकरमा डेब्यू गरेका थिए । डेब्यू गरेको ३० मिनेट भित्रै अर्थात खेलको ८९ औँ मिनेटमा मेस्सीले मियामीका लागि दोस्रो गोल गरे ।
यस जितसँगै मियामी तालिकको १४ औँ स्थानमा उक्लिएको छ । उसको २३ खेलमा २१ अंक रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया