वेस्ट ह्याम शीर्ष स्थानमा उक्लिदा युनाइटेडको जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत दोस्रो जित हात पार्दै वेस्ट ह्याम शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा ब्राइटनलाई ३-१ गोलअन्तरले पराजित गर्दै वेस्ट ह्याम सात अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । उसले एक खेलमा अंक बाँडेको थियो ।
यता टोटेनहमले पनि तीन मध्ये २ खेलमा जित हात पार्दै गोलअन्तरमा दोस्रो स्थानमा उक्लिएको छ । टोटेनहमले दोस्रो जित हात पार्न बर्नमाउथलाई २-० ले पराजित गर्यो ।
यता फुलह्यामसँग २-२ को बराबरी खेलपछि तीन खेलबाट ७ अंक जोडेको आर्सनल तेस्रो स्थानमा यथावत रहेको छ ।
अर्कोतर्फ म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टलाई ३-२ ले पराजित गर्दै तीनमध्ये दुई खेलमा जित हात पारेको छ । युनाइटेडले एक खेलमा पराजय भोगेको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया