प्रिमियर लिगः रहिमको दुई गोलमा चेल्सीको पहिलो जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत चेल्सीले पहिलो जित हात पारेको छ ।
शुक्रबार राति भएको खेलमा चेल्सीले लुटोनलाई ३-० गोलअन्तरले पराजित गर्दै जारी सिजनको लिगमा पहिलो जित हात पारेको हो ।
चेल्सीको जितमा रहिम स्टरलिङले २ तथा निकोलास ज्याकसनले एक गोल गरे । रहिमले दुई गोल गर्नुका साथै निकोलासले गोल गर्दा असिस्ट समेत गरेका थिए ।
यसअघि पहिलो खेलमा अंक बाँडेको चेल्सीले दुई खेलबाट चार अंक जोडेको छ । चेल्सी आठौं स्थानमा उक्लिएको छ ।
लुटोनको भने यो लगातार दोस्रो पराजय हो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया