शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

'यास' चक्रवातको कारण नेपालमा हिमपात र वर्षा, हिमआरोहीलाई सतर्क रहन निर्देशन

फाइल तस्बिर

काठमाडौँ : बंगालको खाडीमा रहेको न्यून-चापीय क्षेत्रमा बनेको 'यास' नामक चक्रवातका कारण मंगलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । 

'यास' उत्तर- उत्तरपश्‍चिम सर्ने क्रममा शक्तिशाली भई १२ गतेसम्म 'ली' चक्रवात परिणत हुने भएकाले त्यसको असर नेपालको भू-भागमा पर्ने भएकाले सबैलाई सजग रहन जल तथा मौसम विभागले आग्रह गरेको हो ।

अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई बागमती प्रदेश र प्रदेश १ को उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हलुकादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

उच्च हिमाली भू-भागमा हावाहुरीसमेत आउने सम्भावना रहेकाले पर्वतारोहीहरूलाई सतर्कता अपनाइ सुरक्षित हुन विभागले अनुरोध गरेको छ ।